
सल्यान। जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६, खातीगाँउमा बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर एक जनाको घटना स्थलमा नै ज्यान गएका छन् ।
बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ज्ञान बहादुर वली की ५० वर्षकी श्रीमती मंगली कुमारी वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएका छन् । मंगली कुमारीका श्रीमान करेन्ट लागेर घाइते भएभएको छ। त्यस्तै जोत्दै गरेको एउटा गोरुसमेत मरेको प्रहरीले जनाएका छन् ।
बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको थियो, बारी ओसिलो भएकाले जोत्दै जाँदा उनलाई करेन्टको झट्का लागेर बारीको डिलमा फालेको प्रहरी स्रोतले जनाए । श्रीमानलाई बचाउन जाँदा उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर ज्यान गएको हो । उज्यालोबाट