
काठमाडौं। सप्तरी राजविराजका भूमिसुधार कार्यालयका कार्यालय प्रमुख उपसचिव प्रकाशप्रसाद पोखरेल घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
१ लाख ५० हजार रुपैयाँ सेवाग्राहीसँग जग्गाको मोहियानी हक कायम गर्ने प्रयोजनका लागि मागेको घुस रकमसहित उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएका छन् ।