२६ आश्विन २०७४, बिहीबार

हरिशजङ्ग क्षेत्री ,काठमाडौ

उमा फिल्मस् प्राइभेट लिमिटेडको प्रस्तुतिमा रहेको नयाँ नेपाली चलचित्रमा ‘कहिँ कतै’ को ट्रेलर बुधबार हाईलाईट्स नेपालले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

निर्माता तथा नायिका उमा बेवीले निर्माण गरेको चलचित्रलाई सविर श्रेष्ठले लेखन र निर्देशित गरेका छन् ।डोमिनिक सभियो डिसुजा यस चलचित्रका सह निर्माता हुन ।चलचित्रका गितहरुलाई सचिन सिंंह र लक्की सिटौलाले संगीत दिएका छन, भने प्रमोद ढुंगाना, सबिर श्रेष्ठ र गौरव दर्पणले चलचित्रका गित लेखेका छन् ।

चलचित्रलाई बाबू श्रेष्ठले छायांकन गरेका हुन भने कबिराज गहतराज र कमल सिंहको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व, मिक्सिङ्ग अर्जुन जिसिको, चिफ असिस्टेन्ट डाइरेक्टर नवराज शर्मा, प्रोडक्सन म्यानेजर प्रकाश महरा रहेका छन् ।

पारीवारिक प्रेम कथामा आधारित चलचित्र ‘कहिँ कतै’ मा सरोज खनाल, दीलिप रायमाझी, किशोर खतिवडा, नव नायिका शिवानी गिरि र नव नायक सोनाम भरपुङ्पा लगाएका नयाँ पुराना चर्चित कलाकारहरुको दमदार अभिनय रहेको छ ।फिल्मलाई भारतको पुर्ब शहर सिक्किम र राजधानी वरपर छायाँकन गरिएको छ ।

फिल्मको प्रदर्शन मिति नतोकिदै फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV