२६ आश्विन २०७४, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रले गोर्खा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई काठमाडौंबाट उम्मेदवार बन्न आग्रह गरेको छ। माओवादीले नारायणकाजी श्रेष्ठलाई गोर्खा २ बाट उम्मेदवार बनाएर भट्टराईलाई पन्छाउन खोजेको हो।

गठबन्धनमा आबद्ध भएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई काठमाडौंबाट चुनाव उठाउनु पर्ने छलफल वाम गठबन्धनभित्र भैरहेको छ । यो विषय क्षेत्र बाँडफाँड कार्यदलमा पनि प्रवेश पाइसकेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले काठमाडौंमा क्षेत्र नम्बर १, ६, र १० दाबी गरेको छ । यी तीनमध्ये बाबुरामलाई काठमाडौं–६ बाट उम्मेद्वार बनाउने तयारी गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले भन्यो ‘गोरखामा नेताहरुको व्यवस्थापका कारण बाबुराम जीलाई टिकट दिन मुस्किल छ । त्यसो हुँदा उहाँलाई काठमाडौं–६ मा उम्मेद्वार बनाउने विषयमा कुराकानी भइरहेको छ ।’

माओवादीले गोर्खालाई प्रतिष्ठाको विषय बनाएको छ। बाबुराम र नारायणकाजीको गोर्खामा एउटै निर्वाचन क्षेत्र हो। स्थानीय निर्वाचनमा पालुङटार नगरपालिका नयाँ काँग्रेस विजयी हुँदा माओवादी केन्द्र दोश्रो र नयाँ शक्ति तेश्रो भएको थियो। तर, मतअन्तर झिनो थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV