
एजेन्सी । नाइजेरियामा ६ वर्षका विद्यार्थीका लागि तयार पारिएको प्रश्नपत्रमा शिक्षकहरु नै फेल भएका छन् । २१ हजार ७ सय ८० जना शिक्षक परिक्षामा फेल भएको कारणले बर्खास्त गरिने भएको छ ।
प्राथमिक विद्यालयका ६ वर्षका विद्यार्थीलाई तयार पारिएको प्रश्नपत्रमा परीक्षा दिएका शिक्षकहरु मध्ये एक तिहाई अनुतिर्ण भएको नाइजेरियाको उत्तरी राज्यका गभर्नर नासिर एल– रुफाइले बताए । ( बिबिसी )