२५ आश्विन २०७४, बुधबार

काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेद्वार छनौट गर्नका लागि समिति गठन गरेको छ । पार्टीको तर्फबाट केन्द्र र प्रदेशको उम्मेद्वार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको हो ।

बुधवार बालुवाटारमा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति, महामन्त्रीसहितको १७ सदस्यीय उम्मेद्वार छनौट समिति गठन गरेको हो ।

काँग्रेसको विधानको धारा ३१ को ९२० मा रहेको व्यवस्था अनुसार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला समितिमा रहेका छन् ।

समितिमा नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य सदस्य रहेका छन् । त्यसैगरि पदेन सदस्यको रुपमा कोषाध्यक्ष सितादेवी यादव समेत रहनुभएको छ ।

यता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चित्रलेखा यादव सदस्य रहेका छन् ।

त्यसैगरि बैठकले आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुने प्रदेशको केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगोे असोज २७ गते भित्र लगाइसक्ने निर्णय समेत गरेको छ ।

LIVE TV