२५ आश्विन २०७४, बुधबार

असोज २५,२०७४

काठमाडौं, कैलालीकी मोनिकाको परिचय गाउँमा हुँदा मनोज थियो। उनलाई गाउँघरमा सबैले छोराका रुपमा देखे पनि उनी घरबाहिर निस्किँदा छोरी बनेर हिँड्न रुचाउँथिन्।सानै देखि उनलाई नारी पहिरन लगुना मन लाग्थ्यो त्यहि भएर उनि लुकेर दिदीको कपडा लगाउथिन ।

तस्बिरः गेट्टी इमेज

तेस्रोलिंगी मोनिका शाही नाथले कल्पना समेत गरेकी थिइनन् उनी बेहुली हुनेछिन् र कसैले उनलाई बुहारीका रुपमा स्वीकार गर्नेछ। तर, उनको जोडीले नेपालमा इतिहास रचेको छ। ४० वर्षीया मोनिका शाहीको विवाह २२ वर्षीय रमेशनाथ योगीसँग भयो। उनीहरुले डडेल्धुराको पर्शुराम नगरपालिकाबाट विवाह दर्ता प्रमाणपत्र पाएका हुन्। मोनिका र रमेश विवाह दर्ता प्रमाणपत्र पाउने पहिलो तेस्रोलिंगी जोडी हुन्।

अदालतबाट आदेश आए पनि पहिचान पाउनका लागि तेस्रोलिंगीहरुले धेरै संघर्ष गर्नुपरेको छ।हामी धेरै भाग्यमानी जोडी हौँ र खुसी छौँ। श्रीमान्श्रीमतीका रुपमा समाजले हामीलाई स्वीकार गर्यो, सन् २०१५ मा आफ्नो पासर्पोटमा रहेको पहिचानको स्थानमा अन्य उल्लेख गराएका रमेशनाथ भन्छन्।

 

 

स्रोत -स्वास्थ्य खबर

 

LIVE TV