२५ आश्विन २०७४, बुधबार

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह बिमा रहेको पोर्चुगल आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । स्वीट्जरल्याण्डलाई हराउँदै पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेको हो । पोर्चुगलले आफ्नो छनौटको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान लिस्बोनमा भएको खेलमा पोर्चुगललाई जिताउन भ्यालेन्टे सिल्भाले एक गोल गरे भने स्वीट्जरल्याण्डका डिजोउरोउले आत्मघाती गोल गरे । ४१ औं मिनेटमा डिजोउरोउको आत्मघाती गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता लियो । ५७ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको विश्वकप यात्रा तय गरे ।

हारपछि समूहको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले भने विश्वकप छनौटका लागि प्ले–अफ खेल्नु पर्ने भएको छ । पोर्चुगलले विश्वकप छनौटका १० खेलमा ३२ गोल गरेको छ । पोर्चुगलका क्रिष्टियानो रोनाल्डो विश्वकपमा सहभागी हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV