२५ आश्विन २०७४, बुधबार

काठमाडौँ । तिहार हिन्दू नेपालीहरुको दोश्रो ठूलो पर्व हो । तिहार शब्दले नै मानिसहरुलाई फूल, बत्ती, मिठाई र देउसी–भैलोको सम्झना गराउँछ । उज्यालोको चाड तिहारमा झिलिमिली बत्तिको माग अत्याधिक बढ्ने गरेको छ ।

देश लोडसेडिङ मुक्त भएपछि पनि झिलिमिलीको बत्तिको माग झनै बढेको हो । यस बर्षको तिहारमा पनि झिलिमिली बत्तीको माग झण्डै ३० प्रतिशत बढेको व्यापारीहरु बताउछन् ।

तिहारलाई झिलिमिली बत्ति,फुलैफुलको चाडका रुपमा मान्ने गरिन्छ । पछिल्लो समयमा झिलिमिली बत्तिका कारण मौन बत्तीको माग भने खस्किदै गएको छ । बत्ति बाल्दा आगलागी हुने भएकोले बत्तिको माग खस्किदै गएको व्यापारीहरुले बताएका छन् । विगतका बर्षहरुमा भन्दा यस बर्ष झिलिमिलि बत्तिको माग सँगै व्यापार पनि ३० प्रतिशत बढ्ने लक्ष्य लिएको व्यापारीहरुले बताएका छन् ।

यतिखेर बजारमा तिहारका लागि झिलिमिली बत्ति किन्नेको चहलपहल बढेको छ । बर्षमा एक चोटी आउने चाड भएको पनि बजारमा चहलपहल बढेको हो । एकातिर बर्षेनी झिलिमिली बत्तिको माग बढ्दो छ भने अर्को तिर मंहगी पनि दिनदिनै बढ्दै गएको छ । बर्ष दिनको चाड भएकोले पनि मंहगोमा किन्न पर्ने बाध्यता रहेको छ ।

साँच्चै झिलीमिली बत्तिले तिहार आएको महसुस गराउँछ । जसको कारण पनि आम उपभोक्ताहरु झिलीमिली बत्तीको अनिवार्य रुपमा प्रयोग गर्छन् । तर यसको मूल्य भने प्रत्येक बर्ष अस्वभाविक रुपमा बढिरँहदा उपभोक्ताहरुले सहजै प्रयोग गर्न नसक्ने स्थिति छ । बत्तीको मूल्यमा सहजता ल्याउने हो भने यो आम सर्वसाधारणको पहुँचमा पुग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV