२५ आश्विन २०७४, बुधबार

१. एउटै कुरामा गहिरो सोचाई राख्नुहुँदैन।

२. मनको कुरा अरुलाई भन्ने बानी बसाल्नुपर्छ।

३. सकेसम्म खुशी हुने प्रयास गर्ने, अनावश्यक तनाव नलिने।

४. भविष्यमा आइपर्न सक्ने समस्यालाई लिएर अहिलेदेखि नै धेरै चिन्तित नहुने।

५. कसैसँग आफूलाई तुलना नगर्ने । गर्नैपरे आफू भन्दा दुःखी र कमजोर मानिससँग गर्ने । आफूले हासिल गरेको उपलब्धिमाथि गर्व गर्ने।

६. आफूले हासिल गरेका कुरामा सन्तुष्ट हुने र थप मेहनत गर्न नछाड्ने।

७. अन्धविश्वासका पछि नलाग्ने।

८. डरलाग्दा घटनाका भिडियो नहेर्ने।

९. स्वस्थ खानेकुरा खाने, व्यायाम गर्ने र उचित आराम गर्ने।

१०. धेरै गुलियो वा चिल्लो र नुन चर्को भएका खानेकुरा नखाने ।

११. शरीरको तौल बढ्न नदिने ।

१२. एउटै प्रेस्किप्सनबाट बारम्बार औषधी थप्ने काम नगर्ने ।

१३. जाँड, रक्सी, लागूऔषध जस्ता दुव्र्यसनबाट टाढै रहने ।

१४. मनोरोग भएको छ भने अन्य रोगले पनि आक्रमण गर्ने सम्भावना हुन्छ । त्यसैले सचेत रहने ।

१५. आफूले सेवन गरिरहेको औषधिको साइड इफेक्ट देखिए तुरुन्तै डाक्टरसँग परामर्श गर्ने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV