२५ आश्विन २०७४, बुधबार

वीरगन्ज । निर्धारित समयभन्दा १६ महिना ढिलो हुँदा पनि सम्पन्न गर्न २० प्रतिशत काम अझै बाँकी रहेको ‘मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’को काम आउँदो पुस मसान्तभित्र सक्न वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले निर्देशन दिएका छन्।

योजना कार्यन्यवन गर्ने कार्यालय, परामर्शदाता कन्सल्टेन्ट विज्ञहरु र अन्य सरोकारवालासँग छलफलपछि पुस मसन्तभित्र काम पूरा गर्ने गरी तीब्रता दिन उनले निर्देशन दिएको खबर नागरिक दैनिकमा छ ।

एशियाली विकास बैंकको ८१ प्रतिशत र नगर विकास कोषको ११ प्रतिशत रकम ऋण र आयोजना कार्यन्यवन गर्ने शहरको ८ प्रतिशत लगानीमा वीरगन्जमा ‘मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’ वीरगन्जमा कार्यन्यवन भइरहेको छ।

योजना अन्तर्गत ५३ किलोमिटर बर्खे नला बनाउने काममा १२ मिटर मात्र बाँकी छ। ४२.२३ किलोमिटर ढल, १५.२० किलोमिटर घरेलु पानीको नाला र ५.१५ किलोमिटर भूमिगत नाला बनाउने र ६.०४ किलोमिटरको प्रकृतिक नाला ब्यवस्थित गर्ने काम योजना अन्तर्गत गर्न लागिएको योजना कार्यन्यवन कार्यालयका योजना ब्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताए। उनका अनुसार ८० प्रतिशत काम सकिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV