२४ आश्विन २०७४, मंगलवार

पोखरा। मधुमेह रोगबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका पोखरा–लेखनाथ महानगरपालिका–१४ मझेरीपाटन निवासी दृष्टिविहीन केशव सुवेदीलाई आज रु एक लाख सहयोग गरिएको छ ।

रोजगारीको सिलसिलामा बेल्जियमको वुर्के शहरमा बस्दै आउनुभएका दुर्गा सुवेदीको पहलमा त्यहाँ रहेका नेपालीबाट संकलित उक्त रकम प्रथम विश्व कास्की सम्मेलनका लागि पोखरा आएका पूर्णप्रसाद तिमिल्सिना र चित्र सुवेदी अस्पतालमै पुगेर बिरामी सुवेदीलाई हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV