डिभोर्स पश्चात नाम पछिको थर फेर्दै गायिका मिलन भन्दैछिन्- “यो दुनियाँले बाच्न दिदैन”



प्रकाशित मिति : Oct 10, 2017

हरिशजङ्ग क्षेत्री , काठमाडौ,

केही समय अघि मात्र आफ्नो ९ बर्षे बैबाहिक जिवनलाई पारपाचुकेमा परिणत गरेकी गायिका मिलन अमात्य ले डिभोर्स पश्चात् पहिलो आधुनिक गित दुनियाँले बाच्न दिदैनु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गितमा मिलनले आफ्नो अमात्य थर फेर्दै नेवार समेत बनाएकी छिन् ।

गितबाट समेत गायिकाले आफ्नो बास्तवीक ब्यक्तिगत जिवनको पीडा पोखेको आभास हुन्छ ।आनन्द अधिकारीले लेखेको गित गायिका मिलनको जिवन संग मिल्ने खालको र उनकै पिडालाई बयान गरेको छ ।

शिखर सन्तोषको कम्पोजमा मिलन नेवारको सुमधुर एवम् कर्णप्रिय आवाजले सजिएको गितको म्युजिक भिडियोलाई मुनाल शिशिरको निर्देशन, बिष्णु भण्डारी राजले सहाय निर्देशन गरेका हुन ।गितको भिडियोलाई प्रबिन घिमिरेले छायांकन गरेका छन् ।
गितको म्युजिक भिडियोमा मोडल मेस्सी सिह ठकुरी, राज र सुरजको अभिनय रहेको छ ।

बर्तमान समयकी चर्चित गायिका मिलन नेवार अर्थात मिलन अमत्य केहि समय अघि काठमाडौ जिल्ला अदालतमा आफ्नो श्रीमान संग सम्बन्ध विच्छेद गरेका कारण चर्चा र तनावमा रहेकी थिइन् ।

धेरैले उनलाई दिपक लिम्बू संगको अफेयरका कारण आफ्नो श्रीमानलाई डिभोर्स दिएको सामाजिक संजालमा चर्को आलोचना भएपछि मिलने यो मेरो ब्यक्तिगत मामिला भएकाले मलाई जे सहि लाग्छ त्यहीँ गरेको भन्दै आफ्नो फेसबुक मार्फत मार्मिक स्ट्याट्स पोष्ट गरेकी थिइन । साथै गायिका मिलन नेवार डिभोर्स पश्चात फेरि नेपाली गित संगीत र चलचित्रको पाशर््व संगीतमा जम्ने सुरमा छिन ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com