
तेह्रथुम, २४ असोज , आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट साढे ६६ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ६६ हजार ७४१ जना मतदाताले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने भएका हुन् ।
जिल्लामा गत असारको स्थानीय तहको निर्वाचनमा भन्दा छ हजार २० जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दुई महिनासम्म जिल्लाभर मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम राखेको थियो ।
सो कार्यक्रममा जिल्लाका सात हजार ३९१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । तर त्यसमध्ये २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष पूरा भएकाले मात्रै मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।
(रासस)