२४ आश्विन २०७४, मंगलवार

 

नवलपरासी, २४ असोज , नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस हुनुभएको छ ।

प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपरासी पूर्व (बर्दघाट–सुस्ता) जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको हो ।

पार्टीको प्रभावशाली नेताका रुपमा मानिनुहुने कोइरालालाई यस क्षेत्रको गौरवका रुपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ ।

नवलपरासीपूर्व जिल्लाअन्तर्गत क्षेत्र नं १ नेपाली काँग्रेसको देशैभरिका केही बलिया क्षेत्रमध्ये पर्ने एक क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV