२३ आश्विन २०७४, सोमबार

अनुप प्रकाश

कास्की। पर्यटकीय नगरी पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । पछिल्ला बर्षहरुमा देशका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु पोखरालाई गन्तव्य बनाउने गरेका छन् ।

आन्तरिक पर्यटकको संख्यामा आएको बृद्धिसंगै पोखरामा पर्यटकको चहलपहल बढेको छ । विशेषगरी पोखराको फेवा, महेन्द्र गुफा, घान्द्रुक, लगायतका पर्यटकीय क्षेत्रमा घुम्नका लागि आन्तरिक पर्यटक बढेको स्थानीय होटल व्यवसायीहरुको भनाई छ ।

दशै तिहारको विदाको सदुपयोग गर्न पर्यटकीय क्षेत्रमा घुम्न निकस्ने गर्दछ । जसका पोखरा पहिलो प्राथमिकता पर्ने गरेको पर्यटन व्यवसायीको भनाई छ । पोखरामा विभिन्न जातजातिको रहन सहन, कला सस्कृतीले पनि पर्यटनको पहिलो रोजाई बन्ने गरेको छ ।

सुन्दर पोखरामा फेवातालमा डुंगासंग रम्न, प्याराल्गाईडिङमा यात्रा गर्न तथा महेन्द्र गुफा र पातले छाँगा झरनाको अवलोकनका लागि धेरै पर्यटकहरु आउने गरेका छन् । पछिल्लो समय पोखरामा आन्तरिक तथा बाह्य पर्यटक बढेसंगै पर्यटन व्यवसाय पनि मौलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV