२३ आश्विन २०७४, सोमबार

काठमाडौँ । नेकपा (एमाले) ललितपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्ना तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ ।

जिल्ला कमिटीको बैठकले निर्वाचन क्षेत्र नं १ मा पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ । सो क्षेत्रको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मधुसूदन पौडेल, पुरुषोत्तम हुमागार्इं र श्याममाया कार्कीको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं २ मा कृष्णलाल महर्जनको नाम सर्वसम्मत भएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशीला नेपालको नाम सिफारिस भएको छ । प्रदेशतर्फ १ नं को क निर्वाचन क्षेत्रमा उमेश शर्मा बजगार्इं, पुरुषोत्तम हुमागार्इं र कमलकुमारी श्रेष्ठ तथा ख मा चेतनाथ सञ्जेल, रामकृष्ण हुमागार्इं र गोमा घिमिरेको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. २ को कमा माधव पौडेल र खका लागि अष्टवीर व्यञ्जनकार र श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ कका लागि देवकी श्रेष्ठ, रघुनाथ महर्जन र राजेन्द्र श्रेष्ठ तथा खका लागि कल्पना अधिकारी, जीवन खड्का, दामोदर खड्का, राजेन्द्र थापा मगर, स्वयम्भूराज डंगोल, सुकुमाया लामा र हरिकृष्ण थापा सिफारिस गरिएको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV