२३ आश्विन २०७४, सोमबार

 

सुवास गौतम

मध्य पहाडी लोकमार्गको स्तरबृद्धिसंगै बागलुङको काठेखोला गाँउपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको घोडाबाँधे भ्यु टावर अवलोकनको लागि आउने आन्तरिक पर्यटकहरु वृद्धि हुन थालेको छ । २०६८ सालमा साविक जिल्ला बिकास समिति अन्तरगतको ग्रामीण पहाडी पर्यटन प्रवद्र्वन तथा बिकास केन्द्रको सहयोगमा निमार्ण गरिएको उक्त टावरमा, बागलुङ बजार, गलकोट क्षेत्र, पर्वत तथा म्याग्दी जिल्लावाट आन्तरिक पर्यटकहरु आउन थालेका हुन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ वुर्तिवाङ खण्डको स्तर वृद्धि तथा गलकोट खण्डमा कालोपत्रे भइ यातयातसेवा सहज हुँदा दृश्यावलोकनका लागि आउनेहरुको संख्या बढेको हो । बिहु तथा गल्कोट क्षेत्रको धुरीमा रहेको भ्यू टावरबाट धौलागिरी, माछापुछ्रे, अन्नपूर्ण लगाएतका हिम श्रृङखलाहरु देख्न सकिन्छ । मध्यपहाडी लोकमार्गको नजिकै रहेको यस क्षेत्रमा पर्यटकको लागि सेवा सुबिधा बिस्तार गर्नुपर्ने र सुरक्षाको ब्यबस्थापन हुनुपर्ने स्थानीयको भनाई छ ।

हिँउदको समयमा क्याम्प फायर तथा बनभोजका लागि विभिन्न संघसंस्था तथा विद्यार्थीहरु समेत उक्त टावर वरिपरिको क्षेत्रमा आउने गरेका छन् । पर्यटकको सुबिधाको लागि टावरको छेउमा बिश्राम स्थल समेत निमार्ण गरिएको छ भने परम्परागत ठाँटी समेत रहेको छ । बगलुङ बजारबाट करीव २५ किलोमिटरको दुरीमा रहेको टावर नजीकै पर्यटकको आगमनसंगै होटल तथा रेष्टुरेण्टहरु समेत सञ्चालनमा आउन थालेका छन् । पर्यटनको राम्रो सम्भावन बोकेको उतm स्थानमा सुबिधा सम्पन्न रिर्सोट सञ्चालनम ल्याउन सके बिहु, गलकोटसँगै प्रदेश नम्बर चारका जिल्लाहरुवाट पर्यटक भित्र्याउने राम्रो माध्यम बन्न सक्ने त्यहाँ पुग्ने पर्यटकहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV