२३ आश्विन २०७४, सोमबार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न नसक्दा तनहुँ एमाले सकसमा देखिएको छ ।

प्रदेश र प्रतिनिधिसभाका ६ सिटका लागि समानुपातिकतर्फ १८ जनाको नाम केन्द्रमा पठाउनुपर्नेमा ५२ जना आकांक्षी छन् । सबैले दावी नछोड्दा जिल्ला नेतृत्वलाई केन्द्रको निर्देशनअनुसार नाम पठाउन सकस देखिएको छ ।

शुक्रबार नै समानुपातिक उम्मेदवारको टुंगो लाग्ने भनिए पनि आइतबार बेलुकासम्म पनि एमालेले उम्मेदवार तय गर्न सकेको छैन । जिल्ला कमिटीका अधिकांश सदस्य नै आकांक्षी बनेपछि मिलाउन हम्मेहम्मे परेको हो ।

सोमबार पार्टी कार्यालयमा बसेको बैठकमा निकै रस्साकस्सी भएको थियो । जिल्ला कमिटीले टुंगो लगाउन नसकेपछि सचिवालयलाई उम्मेदवार चयन गर्ने जिम्मा दिइएको थियो । तर, सचिवालयले पनि चयन गर्न सकेन ।

असहज अवस्था रहे पनि समानुपातिकतर्फको उम्मेदवारको टुंगो सोमबारसम्ममा लगाइने जिल्ला उपसचिव विष्णुभक्त सिग्देलले बताए । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
LIVE TV