२२ आश्विन २०७४, आईतवार

तारा
भन्सार छली शरीरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा मोरङ प्रहरीले १ लाख ३० हजार रुपैया बराबरको चाँदीका सामग्रीहरु सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुराकीका आधारमा जोगवनीबाट नेपालतर्फ आउदै गरेको अवस्थामा विराटनगर महानगरपालिका वडा नम्बर १५ बाट भारत जिल्ला अररिया जोगवनी बस्ने दीपककुमार साहलाई चाँदीको सामग्री सहित पक्राउ गरेको हो । शनिवार जिल्ला प्रहरी कार्यालय मोरङले चाँदीका सामग्री सहित पक्राउ परेका साहलाई सार्वजनिक गरेको हो ।

बरामद चाँदीका सामग्रीहरुमा गणेशका मूर्ति लक्ष्मीका मूर्ति ,पञ्चपात्रो, छत्र लगायतका अन्य लक्ष्मी पूजाको लागि आवश्यक पर्ने सामग्रीहरु भएको मोरङ प्रहरीले जनाएको छ । बरामद गरिएका चाँदीका सामान कस्को भन्ने पत्ता नलागेका कारण साहलाई सामन सहित राजस्व कार्यालयमा बुझाउने तयारी गरिरहेको मोरङ प्रहरी उपरिक्षक अरुण कुमार विसीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV