२२ आश्विन २०७४, आईतवार

असोज २२,२०७४

नबिन के.सी

अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्वर ८ को तिनखण्डेमा अवैधरुपमा बालुबा चोरी गर्ने दुई ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ ।

ठेक्का नै नलागेको स्थानबाट बालुबा चोरी गरि लोड गर्दै गरेको अवस्थामा शनिबार राति रा १ त १६४२ र लु ३ त ५९३१ नम्वरको ट्याक्टर फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिनुभयो । शुक्रबार राति पटक पटक बालुुवा चोरी गरि दाङ्ग पु¥याएको सूचनाको आधारमा सितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको टोलीले ती ट्याक्टरहरु नियन्त्रणमा लिएको हो । यसरी चोरी गर्ने ट्याक्टर धनीलाई २० हजार रुपैया जरिवाना समेत गर्ने गरि प्रहरी चौकी भालुवाङ्गमा बुझाईएको अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV