२२ आश्विन २०७४, आईतवार

हरिशजङ्ग क्षेत्री ,काठमाडौ

बलिउडका चर्चित गायक उदितनारायण झाका छोरा आदित्य नारायण झाले गाएको “फुल जस्तै” बोलको नयाँ नेपाली आधुनिक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ् ।

शिखर सन्तोषको संगीतमा, मोनि शर्मा रिजालको शब्द रहेको गितमा बलिउडका चर्चित गायक, अभिनेता एवम् उद्घोषक आदित्य नारायण झाको सुन्दर स्वरमा सजिएको छ ।
गितको म्युजिक भिडियोलाई मिस्टर संजय बरालले निर्देशन गरेको छन् भने राजिव शर्माको कोरियोग्राफि रहेको छ ।बुद्ध थापा लगाएतको टिमले छायांकन गरेका हुन भने गितको म्युजिक भिडियोलाई भरत रेग्मीले उत्कृष्ट मिक्सिङ्ग गरेका हुन ।

म्युजिक भिडियोमा नेपालकी चर्चित अभिनेत्री एवम् मोडल केकी अधिकारी र पुष्पल खड्काको उत्कृष्ट फिचरिङ्ग रहेको छ ।सानै उमेर देखी गित गाएर चर्चामा आएका आदित्य नारायणले बलिउडका चलचित्रहरुमा अभिनय र गित गाइसकेका छन् ।सानो हुँदा उनको स्वर धेरैले रुचाएका थिए ।

युवा अबस्थामा आउदा उनको स्वर अलि धोद्रो हुँदा उनको गायकीलाई त्यति आम श्वोता दर्शकमाझ रुचाईएका पाईदैन ।उनको गायकी नरुचाएर पनि उनको उद्घोषण कलालाई भने धेरै रुचाएका छन् ।

आदित्य जि टि भीबाटप्रशारण हुने चर्चित बाल साङ्गितक कार्यक्रम सारेगमपाका नियमित होस्ट समेत हुन । उनी केही साता अगाडी एयरपोर्टमा भएको एक कर्मचारी सँग गरीएको दुब्र्यवहारको कारण बिबादमा तानिएका थिए । रायपुरको एयरपोर्टमा एयर ईन्डिकोका कर्मचारी संग लगेजका बिषयमा बिबाद हुँदा कर्मचारीलाई धमक्याएका थिए । अन्ततः आदित्यले उक्त कर्मचारीलाई गल्ती भएको भन्दै माफी मागेपछि उक्त केस शान्त भएको थियो ।

आदित्यको उक्त काण्डले बलिउडका धेरै कलाकारहरुले समेत उनको चर्को आलोचना गरेका थिए ।

LIVE TV