२१ आश्विन २०७४, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द«ले तत्काल कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिने सम्भावना नरहेको जनाएको छ ।

शनिबार राष्ट्रिय सभागृहमा बसेको माओवादी केन्द«को पोलिटब्यूरो बैठकले एमालेसँगको एकता एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान मात्र भएको र यसले सरकारलाई कुनै असर नगर्ने भएकोले तत्काल सरकारबाट बाहिरिने सम्भावना नरहेको स्पष्ट पारेको हो ।

बैठकले माओवादी केन्द्रको एक मात्र चाहना तोकिएकै मितिमा निर्वाचन होस् भन्ने भएकोले सरकारलाई निरन्तरता दिएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको पनि बताएको छ । बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाली कांग्रेसले माओवादी बाहेक बहुमत पु¥याएर सरकार बनाए पनि त्यसलाई स्वीकार गर्ने बताउनुभयो ।

माओवादी केन्द्रबैठकले बाम एकतालाई अगाडि बढाउन इमान्दारिताका साथ सहमति पालना गर्ने निर्णय पनि गरेको छ । बैठकले बाम एकतामा आउन चाहने अन्य राजनीतिक दलहरुसँग पनि निरन्तर छलफल गर्दै संविधान कार्यान्वयनमा जोड दिने जनाएको छ । ०००

प्रतिक्रिया दिनुहोस्
LIVE TV