२१ आश्विन २०७४, शनिबार

दीपक भट्ट
रामेछाप । रामेछापमा यातायात व्यवसायीले यात्रुहरुलाई मनपरी भाडा असुलेको पाईएको छ । रामेछाप भित्र र वाहिर चल्ने यातायातका साधनहरुले काउन्टरमा टिकट नै नदिई आफुखुशी मनपरि ढंगले भाडा असुल्दै गरेको पाईएको हो । सरोकारवाल निकाय र संचार माध्यमले पटक पटक ताकेता गरे पनि यातायात व्यवसायीले अटेर गर्दै मनपरी भाडा असुल्ने गरेका छन् ।

सरोकारवाला र स्थानीय संचार माध्यमहरुले पटक पटक गरेको निगरानी र खवरदारीको वेवास्ता गर्दै उनीहरुले गरेको मनपरिरुपमा दिनहँु लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रीहरुले दोव्वर भाडा तिर्न वाध्य गराएको हो । टिकट काउन्टर नै बन्द गरी यातायात व्यवसायीले दशैमा घर गएका र घरबाट कार्यस्थल फर्कने यात्रुहरुलाई मनपरी भाडा लिएका छन् । सवारी साधन नै नदेखाउने र दोब्बर भाडा दिए मात्र टिकट दिने गरेको यात्रुहरुको गुनासो छ ।

यातायातका साधनले स्थानीय प्रहरी, प्रशासनको समेत मिलेमतोमा मनलाग्दी ढंगले भाडा असुल्दा उनीहरुलाई नियन्त्रण गर्न कठिन भएको स्थानीय सरोकारवालाको भनाई छ। नेपाल सरकार यातायात व्यवस्था विभागले करिव एकवर्ष अघि काठमाण्डौ देखि सदरमुकाम मन्थलीसम्मको भाडादर प्रति व्यक्ति ३ सय ८१ रुपैयाँ कायम गरी त्यसभन्दा वढी रकम लिन नपाउने भन्दै राजपत्रमा समेत सूचना प्रकासित गरेको थियो । उक्त सूचनाको वेवास्ता गर्दे यातायात व्यवसायीहरुले मनपरी ढंगले भाँडा असुलेको पाइएको स्थानीय सरोकारवालाहरुको भनाई छ ।

सदरमुकाम मन्थलीमा अरनिको यातायात सेवा समिति, हिमगंगा यातायात सेवा समिति, हिमगंगा प्रालि, त्रिवेणी यातायात सेवा समिति, सिटीभिलेज सेवा समिति, सुपर सिटी यातायात सेवा समिति लगायत आधा दर्जन भन्दा वढी यातायात सेवासमितिहरुले संचालन गरेको यातायातमा चर्को भाँडा लिईरहदा समेत स्थानीय प्रशासन मौन छ । चर्को भाँडा असुल्ने सवारी साधन र व्यवसायीलाई कारवाही गर्नुपर्ने बेलामा स्थानीय प्रशासनको नै मिलोमतो यातायात व्यवसायी प्रषय दिएकोप्रति यात्रुहरुले चर्को विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV