२१ आश्विन २०७४, शनिबार

काठमाडौँ। सांसद नवीन्द्रराज जोशीले काठमाडौँ महानगरपालिका वडा नं २० को कोहिटी र वडा नं १३ को टंकेश्वर मन्दिर जोड्ने नीलबाराही पुलको आज उद्घाटन गर्नुभयो ।

उक्त पुल निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट प्राप्त आर्थिक सहयोगमा कोहिटी विकास समितिले निर्माण गरेको हो । टंकेश्वरस्थित नील बाराहीलाई खट जात्राका बेला नदी पार गरी ल्याउन लैजान समस्या भइआएकाले विष्णुमती नदीमाथि पुल निर्माण गरिएको हो । स्टिलको उक्त पुल ३२ मिटर लामो छ ।

पूर्व उद्योगमन्त्री जोशीले काठमाडौँका नेवार समुदायका संस्कृति र परम्पराको जगेर्ना गर्ने काममा सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो र पुल निर्माणमा हातेमालो गर्ने २० वडाका बासिन्दालाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV