२१ आश्विन २०७४, शनिबार

छुट्टा–छुट्टै भएको दुर्घटनामा एकको मृत्यु र पाँच जना घाइते भएका छन् । बुटवलबाट सन्दिखर्क जाँदै गरेको यात्रुबाहक बसले एक स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार एकको मृत्यु भएको हो । यस्तै गुल्मीको रैदीमा जीप पल्टिदा ५ जना घाइते भएका छन् ।

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा यात्रुबाहक बसले लु २५ प ८९३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार ४५ वर्षिया देवी कार्कीको मृत्युभएको हो । यस्तै गुल्मीको ईस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको जीप रैदीको सडकमा पल्टिदा ५ जना घाईते भएका छन् । ईस्मा मैदानबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्वरको जिप रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा स्टेरिङ्ग फेल भएर सडक मै पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर थापका अनुसार घाईते ५ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । उनीहरको अवस्था समान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV