२१ आश्विन २०७४, शनिबार

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच निर्वाचनका लागि गठबन्धन गर्ने विषयमा सहमति भएको छ । नेपाली कांग्रेस नेतृत्वमा मधेस केन्द्रित दल सहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला दुई प्रमुख मधेस केन्द्रित दलबीच गठबन्धन बनाएर निर्वाचनमा भाग लिन सहमति भएको हो ।

राजपा नेपाल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् । फोरम र राजपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेका हुन् । विज्ञप्ति जारी गर्दै अन्य पार्टी, मोर्चा वा गठबन्धनमा तालमेल गर्नुपरे संयुक्त रुपमा सहभागी हुने उल्लेख गरिएको छ । योसँगै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबनधन कमजोर बन्ने देखिएको छ । वक्तव्यमार्फत गठबन्धन तथा तालमेल गर्नु परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने जनाएका हुन् ।

LIVE TV