
असोज १९, २०७४
मनोज
काठमाडौँ महानगरपालिकाले फोहोर प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनवेशी नगरपालिकालाई एक एक करोड सहायता रकम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय विकास अन्र्तरगत शुक्रबार रकम हस्तान्तरण गरेको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहयोग रकम हस्तान्तरण गदै फोहर व्यवस्थापनको लागि काठमाडौँ महानगरपालिका एक्लैले समस्या समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले स्थानीय गाउँपालिका तथा नगरपालिकालाई प्रदान गरिएको रकम क्षतिपूर्ति नभई आर्थिक सहायता भएको दावी गर्नुभयो ।
फोहर काठमाडौँवासी सबैको समस्या भएकोले दीर्घकालीन रुपमा व्यवस्थापनको लागि सबै निकायहरुको सहयोग आवश्यकता रहेको मेयर शाक्यको भनाई छ । काठमाडौँ महानगरपालिकाले नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन गदै आएपनि पटक पटक स्थानीयबासीले विभिन्न माग राखेर अवरोध गदै आएका छन् । शुरुमा २ वर्षको लागि फोहोर व्यवस्थापन गर्ने संझौता भएपनि महानगरपालिकाले अहिलेपनि सिसडोल क्षेत्रमा फोहोर व्यवस्थापन गदै आइरहेको छ ।