२० आश्विन २०७४, शुक्रबार

अशोज २० गते, २०७४

काठमाण्डौ । आर्थिक अनियमीतताको साथै कानून बिपरीत सिटिइभिटी अन्तर्गत करिव दुई दर्जन वढि विवादास्पद कलेजलाई सम्वन्धन दिन लागिएको भन्दै सिटिइभिटीमा अनिश्चितकालीन ताला लगाइएको छ ।

अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ती जारी गर्दै यस घटनाप्रति अखिल क्रान्तिकारीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रत्यक्ष सम्लग्नतामा करोडौंको चलखेल देखीएको ,शैक्षिकसत्र शुरु भएको एक महिना वितिसकेको र निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा आर्थिक प्रलोभनमा परेर नया कलेजलाई सम्वन्धन दिन लागिएको आफैंमा अवैध र गैरकानुनी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालको संविधान २०७२ अनुसार नयाँ शैक्षिक पुनर्संरचना सम्बन्धी ब्यवस्था गरेअनुसार नयाँ राष्ट्रिय शिक्षा नीति नवनाई हचुवाको भरमा मापदण्ड नपुगेका कलेजहरुलाई दिइन लागिएको नया सम्बन्धन आफुहरुलाई कदापी मान्य नहुने सिटिइभिटी समन्वय समिति केन्द्रीय सचिव अच्युत भट्टले बताए ।

खुलेआम स्पष्ट करोडौंको आर्थिक प्रलोभनमा परि दिइन लागिएको सम्वन्धनको तयारीलाई तत्काल फिर्ता एवं खारेजको माग गर्दै शैक्षिक माफियाकरण र ब्यापारिकरणलाई वढवा दिने भ्रष्ट नीती नसच्यायीए सम्म कार्यालयमा तालाबन्दी गरिने भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV