२० आश्विन २०७४, शुक्रबार

नेपाली गीत संगीतमा धेरै नया कलाकारहरुको आगमन भयो तर निकै कम व्यक्तिको यात्रा मात्र सुखद रहयो । त्यहि भित्रको एक नाम हो गायक तुल साम्सोहाङ राई । उनि अमेरिका बसोबास गर्दै आईरहेका व्यक्ति हुन् तर उनले सांगीतिक यात्राको सुरुवात भने नेपाल देखि नै गरेका हुन् । सायद यहि हिसाबले गर्दा पनि होला उनले केहि समय अगाडी नेपाल आएर आफ्नो पहिलो एल्बम सुरुवात यतै बिमोचन गरे । एल्बम बिमोचन गर्दै उनले आफ्नो एल्बमको “माया सारगहों” बोलको भिडियो सार्वजनिक गरेका थिए । उनले उक्त गीत सार्वजनिक गरे संगै निकै कम समयमा उनले सफलता हात पारे ।

गीतले चारैतिर चर्चा पायो । उनको गायनको जादुले धेरैको मन जित्यो । पहिलो पटक अफिसियल रुपमा अगाडी आएता पनि उनलाई नौलो रुपमा कसैले पनि हेरेनन । अधिकांश सबैले उनलाई अनुभवी कलाकारको दृष्टिले हरेको पाईयो । नेपालमा त उनले आफ्नो ठाउँ बनाए तर नेपाल बाहिर समेत उनको चियोचर्चो हुन थाल्यो । बिभिन्न ठाउँ देखि उनलाई गायनको लागि अफर देखि कन्सर्टहरुमा समेत उनको माग हुन थाल्यो ।

यहि अनुरुप यहि अक्टुबर १५ तारिकको दिन अमेरिकाको कोलम्बसमा दशैं तिहार सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिने भएका छन् । उनको साथमा नेपाल देखि शिव परियार जस्ता प्रतिभावान गायकको पनि कार्यक्रममा प्रस्तुति रहने छ । यस्तै उनि संगै करिब १५ जना बढी गायक गायिकाहरुले कार्यक्रममा आफ्नो प्रस्तुति राख्ने छन् । कार्यक्रमको लागि यति बेला निकै जोडतोडले तयारी भईरहेको जानकारी प्राप्त भएको छ । कार्यक्रमको लागि आफुले पनि निकै तयारी गरिरहेको कुरा गायक तुल साम्सोहाङ राईले बताए ।

उनले यस अगाडी पनि अमेरिकामा हुने प्राय कन्सर्टहरुमा आफ्नो प्रस्तुति दिदै आइरहेका थिए । तर यसपटकको प्रस्तुति अलिक फरक रहने कुरा उनले प्रष्ट पारे । उनको पहिलो म्युजिक भिडियोको सफलताले नै गर्दा पनि दर्शक श्रोताहरुको माझमा उनको माग बढेको पाईएको छ । यस कन्सर्टमा सके सम्म आफुले आफ्नो तर्फ देखि राम्रो प्रस्तुति दिएर उपस्थित सबैलाई अधिकतम खुशी र मनोरंजन प्रदान गर्ने भरपुर प्रयास आफुले गर्ने उनले बताए । यस्तै उनले कार्यक्रममा सहभागी हुनको लागि सबैलाई अनुरोध समेत गरेका छन् । उनको नया गीतहरुको काम यति बेला धमाधम भईरहेको छ । अबको केहि समयमा नै नया प्रस्तुतिको साथ सबैको सामु आउने कुरा समेत उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV