२० आश्विन २०७४, शुक्रबार

 

काठमाडौँ २० असोज  । यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेका छन् ।

विजयादशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार ७६५, चर्तुदशी ९० हजार १०० र कोजाग्रत पूर्णीमाका दिन ८९ हजार २९० यात्रु भित्रिएका छन् ।

–––

प्रतिक्रिया दिनुहोस्
LIVE TV