२० आश्विन २०७४, शुक्रबार

नवलपरासी । नेकपा एमाले नवलपरासीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारको टु‌गो लगाएको छ । एमाले परासीले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनावको लागि डा शोभाकान्त ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

क्षेत्र नम्बर १ लागि भने कुनै पनि नाम सिफारीस गरिएको छैन । त्रिपाठीले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने यसअघि नै सहमति भैसकेको छ । ‘क्षेत्र नम्बर १ बाट हृदयेश त्रिपाठी उठ्ने भएका कारण खाली राखिएको हो । ‘नम्बर १ बाट प्रतिनिधि सभाको लागि कुनै पनि नाम सिफारिस गरिएको छैन, त्रिपाठीजी को क्षेत्र हो, उहाँ उठ्ने कुरा छ, बाँकी केन्द्रले मिलाउँछ’ क्षेत्र नंं १ का सहसंयोजक थानप्रसाद गैह्रेले भने ।

प्रदेश सभा चुनावका लागि भने क्षेत्र नम्बर १ को ‘क’ बाट बृहस्पति अधिकारी, दिपेन्द्र अधिकारी, रुकमाङ्गत ज्ञवाली, टोपबहादुर सिंह ठकुरी र सांसद सिन्धु जलेसाको नाम सिफारिस गरिएको छ । १ को ‘ख’ बाट टेकनारायण उपाध्याय, रामु अर्याल, रमेश पाण्डे र गणेश पोखे्रलको नाम सिफारिस गरिएको छ ।

परासी क्षेत्रको २ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको लागि ‘क’ र ‘ख’ दुवै क्षेत्रबाट सर्वसम्मत रुपमा नाम सिफारिस गरीएको नेकपा एमाले परासी जिल्ला कमिटी सहसंयोजक थानप्रसाद गैह्रेले बताए । क्षेत्र नम्बर २ को ‘क’ बाट सांसद बैजनाथ चौधरी र ‘ख’ बाट सिताराम चौधरीको नाम सिफारिस गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV