२० आश्विन २०७४, शुक्रबार

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको खबर आजको कान्तिपुरमा छ ।

पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ ।

आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने,

-दैनिक २०/२५ मिटर सुरुङ खन्ने प्रतिवद्धता ठेकेदारले जनाएका छन् ।

-यस बर्षभित्रै पानी आउँछ ।

-अब निराश हुने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV