१९ आश्विन २०७४, बिहीबार

दीपक भट्ट
रामेछाप । स्वच्छ खानेपानी खुवाउने उद्देश्यले रामेछापको सदरमुकाम मन्थलीस्थित भैसेश्वर जल उपभोक्ता समितिले उपभोक्तलाई पानी सुद्धीकरण गर्न घरैपिच्छे पानी सुद्धीकरण गर्ने फिल्टर वितरण गरेको छ ।

भैसेश्वर जल उपभोक्ता समिति अन्तर्गका उपभोक्ताले प्रयोग गरेको खानेपानीको मिटरको विमा गरिदिनुका साथै प्रति परिवार २१ लिटरको फिल्टर वितरण गरिएको समितिले जनाएको छ ।

विगत १६ वर्षदेखि स्थानीय सुकाजोर खोलाबाट लिफ्ट सिष्टमबाट पानी तानेर प्रयोग गर्दै आएको भैसेश्वर जल उपभोक्ता समिति अन्तर्गत अहिले १ सय २३ घर उपभोक्ता रहेका छन् । उनीहरुले फिल्टर पाएसंगै खुसी भएका थिए ।

जल उपभोक्ता समितिले नमूना कार्यक्रम अन्तर्गत एक परिवारलाई मासिक रुपमा १० हजार लिटरसम्म पानी निशूल्क वितरण गर्दै आएको छ । त्यसैगरी नमूना करेसाबारी सञ्चालन गरेको छ भने काजभोजमा पनि आवश्यकता अनुसार निःशूल्क पानी उपलब्ध गराउँदै आएको समितिको भनाई छ ।
उपभोक्ता समितिले २५ लाख रुपैयाँ मुद्धति कोषका जम्मा गरेको र त्यस वापत प्राप्त हुने ब्याजले कर्मचारी तलब र पानीको पाइप लाइन तथा धारा मर्मतमा खर्च गर्ने गरिएको समितिको भनाई छ ।

भैसेश्वर जल उपभोक्ता समिति अन्तरर्गत सञ्चालित धाराहरुमा अहिलेसम्म पानी पर्याप्त भए पनि बढ्दो शहरीकरणसँगै आगामी दिनमा खानेपानीको फेरि समस्या हुने अवस्था सिर्जना भएको उपभोक्तहरुको भनाई छ । यसका दिगो खानेपानी ब्यवस्थापनको लागि तत्कालै विकल्पको खोजी गर्नुपर्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV