
- तारा आचार्य
मोरङ । मुद्दाको लगतको हिसाबले मुलुककै दोश्रो ठूलो जिल्ला अदालतमा रहेको मोरङ जिल्ला अदालतमा छिटो छरितो न्याय सम्पादन सेवा शुरु गरिएपछि सेवाग्राहीको संख्या बढ्न थालेको छ ।
मोरङ जिल्ला अदालतले ४० प्रकारको निवेदन आफै उपलव्ध गराउने देखि अनलाइन सेवा, प्रत्येक महिना मिट द जज, एसएमएस सेवा संचालनमा ल्याएपछि सेवाग्राहीहरु बढेको अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
अदालतले दिने सेवाका कारण सेवाग्राहीले ५० देखि ५५ प्रतिशत काममा कानुन व्यवसायी खोज्नु नपर्ने भएकगले पनि सेवाग्राही बढेको बताइएको छ । यसका साथै न्यायमा पहुँच कार्यक्रम लिएर प्रत्येक महिना न्यायाधीश सम्मिलित टोली गाँउ गाँउ पुग्ने गरेको र अदालती प्रक्रिया बारे जानकारी दिने र गुनासो सुन्ने कार्यक्रमले पनि सेवाग्राही बढाएको श्रेस्तेदार दुलालले बताउनुभयो ।
जिल्ला अदालत मोरङमा दैनिक १५ देखि २० वटा मुुद्दा दर्ता हुुने गरेको छ । गत आर्थिक वर्षमा ६ हजार ३ सय ६८ वटा मुद्दा दर्ता भएकोमा ४ हजार १ सय ५८ मुुद्दा फछ्र्यौट भएको जनाएको छ ।