१९ आश्विन २०७४, बिहीबार

अशोज १९ गते, २०७४

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले यदि बाम गठबन्धनको कारण नै सरकारबाट माओवादी मन्त्री हटाईए नयाँ सरकार गठनको नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

गत मंगलवार बाम गठबन्धन लगत्तै कांग्रेस भित्र माओवादी मन्त्रीलाई सरकारबाट बर्खास्त गर्नुपर्ने प्रतिक्रिया आइरहेको छ ।यसैबीच नेता श्रेष्ठले मन्त्री हटाइए देउवा सरकार अल्पमतमा पर्ने दावी गरेका छन्।यसअघि कांग्रेस नेताहरू अर्जुन नरसिंह केसी र गगन थापाले माओवादीले सरकारमै रही प्रतिपक्षसँग गरीएको एकतालाई गैरजीम्मेवार भन्दै माओवादी मन्त्रीलाई सरकारबाट तुरुन्त हटाईनुपर्नैमा जोड दिँदै आएका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV