१९ आश्विन २०७४, बिहीबार

असोज १९ ,२०७४

तराई केन्द्रित दलहरुले पनि चुनाव केन्द्रित गठबन्धन प्रयत्न जारी राखेको बताइएको छ । तराई केन्द्रित दलहरुले नेपाली कांग्रेस लगायत बामपन्थी दलहरुसँग चुनावी गठबन्धन प्रयत्न भइरहेको बताएका छन्।

राष्ट्रिय जनता पार्टी नेपालले भने बामपन्थी दलहरुसँगको चुनावी तालमेलको सम्भावना नरहेको बताएको छ।तर तराईकै संघीय समाजवादी फोरम नेपालले भने आफ्नो मुद्दासँग मेलखाने कुनै पनि दलसँग सहकार्य गर्न सक्ने भन्दै वार्ताका लागि एक टोली गठन गरेको बताएको छ।

स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईमा तेस्रो भएको राजपाले काँग्रेस लगायत अन्य चार दलसँग चुनावी तालमेलको सम्भावना अध्यययन गर्न सहमत भएको राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले बताए।

उनले भने, ूबाम गठबन्धनसँग चुनावी तालमेल हुन सक्दैन। गठबन्धन हुने भनेको नेपाली काँग्रेस, कमल थापा नेतृत्व र पशुपति शम्शेरको राप्रपा तथा उपेन्द्र यादव र विजय गच्छेदारको दलसँग हुने हो। यो ६ वटा पार्टीभित्र तालमेल कसरी गर्ने भनेर एक कार्यदल बनेको छ।

स्थानीय तहको तेस्रो चरणको निर्वचानमा प्रदेश नम्बर दुईमा दोस्रो स्थान ल्याएको संघीय समाजवादी फोरम नेपाल पनि सो कार्यदलमा सहभागी भएको छ।मंगलबार नेकपा एमाले माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीबीच भएको गठबन्धन सहमतिले आम निर्वाचनको सम्मुखमा संघन राजनीतिक ध्रुबीकरण निम्त्याएको देखिन्छ।

 

वीवीसी

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV