१९ आश्विन २०७४, बिहीबार

असोज १९ ,२०७४

सिद्धार्थ राजमार्गको तानसेन–बुटबल सडकखण्ड अन्तर्गत सिद्धबाबामा ठुलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पटक पटक पहिरो खसेर अबरुद्ध भएको सिद्धबाबामा बिहिबार बिहान ३ बजे ठुलो ढुंगासहित पहिरो खसेर सडक अबरुद्ध भएको हो ।

दोभान प्रहरी चौकीदेखि ५ मिटर अगाडि राजमार्ग बन्द हुनेगरी ठूलो पहिरो खसेको हो । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन सुरु गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो । सडकमा ठूला ठूला ढुंगासहितको पहिरो खसेको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन् । एक सातादेखि नियमति यातायात सञ्चालन नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । दोभानदेखि सिद्धबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV