१९ आश्विन २०७४, बिहीबार

काठमाडौँ । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई यथास्थानमा रहेर काम गर्ने बाटो खोलिदिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई असोज १० देखि लागू हुने गरी मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए ।

तर त्यहि दिन आयोगले आफ्नो सहमति नलिई निर्वाचन आचारसंहिता विपरीत गौतमलाई मन्त्रालयमा हाजिर हुन निर्णय गर्ने पदाधिकारीलाई किन कारबाही हुनु नपर्ने हो भन्दै चौबिस घण्टे स्पष्टिकरण सोधेको थियो । आयोगले मन्त्रीले गरेको निर्णयको सक्कल फाइलसमेत झिकाएर अध्ययन गरिरहेको छ । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV