१८ आश्विन २०७४, बुधबार

गोरखा । नाम्जुङ सेवा समाजले गोरखाको सहिद लखन गाउँपालिका कार्यालयको मातहतमा रहने गरी सञ्चालन गर्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।आज आयोजित कार्यक्रममा समाजका अध्यक्ष शिव बञ्जराले गाउँपालिका प्रमुख रमेश थापालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

नाम्जुङ स्वास्थ्य चौकीमा रही अर्को एम्बुलेन्स सञ्चालन हुने भएपछि यो एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । समाजका अध्यक्ष बञ्जराका अनुसार समाज र गाउँपालिकाबीच समन्वय र आपसी सहकार्यमा एम्बुलेन्स सेवा सञ्चालन गरी दीर्घकालीनरुपमा बिरामीलाई सेवा दिने लक्ष्य लिइएको छ ।

गाउँपालिका अध्यक्ष थापाले एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै दीर्घकालीनरुपमा एम्बुलेन्स सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजले रु १० लाख चार हजारमा एम्बुलेन्स खरिद गरेको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुर्वे) तथा कलाकार दीपसागर थापा लगायतले प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV