१८ आश्विन २०७४, बुधबार

प्रियालक्ष्मी कार्की

फुटबललाई विश्वका सबै मानिसले बुझ्ने साझा र सरल भाषाकोरुपमा सम्मान गर्ने गरिन्छ । फुटबलको पनि विश्वकप फुटबल जस्ले संसारका जो कोहिलाई पनि तान्ने गर्छ । विश्वकपको उपाधि कसले जित्छ भन्ने विषयमा सारा फुटबल प्रेमिको ध्यान तानिन्छ नै तर अव कुन देशमा कसरी विश्वकपको आयोजना हुँदैछ भन्ने विषयमा पनि त्यत्तिकै चासो बढ्न थालेको छ ।

आउँदो विश्वकपको आयोजना गर्ने मौका रुसले पाएको छ । डोपिङका कारण चर्चामा आईरहेने रुसले विश्वकपको तयारी भव्य र सभ्य बनाउदै २१ औ सस्करणको विश्वकपलाई अविष्मरणीय बनाउने तयारीमा जुटेको छ । एक रिपोर्ट सन् २०१४ मा फुटबलको देश भनेर ब्राजिलमा विश्वकपको २० औ संस्करण सम्पन्न भयो । आयोजक ब्राजिल घरेलु मैदानमा सेमिफाईनल सम्मको यात्रा तय गरेको थियो । सन् २०१० को डिसेम्बर २ दुईमा रुसले विश्वकपको आयोजना गर्ने अनुमति प्राप्त गरेको थियो ।

अनुमति पाएपनि विभिन्न राजनैतिक अस्थिरता र अमेरिकाको त्रास एवं विभिन्न आन्तरिक कारण मात्र नभई डोपिङका कारण पनि बेला बेलामा विश्वकप आयोजना गर्ने मौका कतै उम्कने पो हो कि भन्ने डर थियो । तर अव ८ महिना बाँकी रहदा रुसले कुनै पनि हातलमा विश्वकपको आयोजना गर्ने भन्दै राजनीतिक तवरबाटनै तयारी आरभ्भ गरेको छ । जसमा सन् २०१८ मा रुपमा हुन लागेको विश्वकप फुटबलको तयारी तीब्र पारिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तयारीमा कुनै किसिमको ढिलाई स्वीकार्य नहुने बताएका छन् । रुसी राष्ट्रपति पुटिनले तयारीमा जुटेका कर्मचारीहरुलाई तयारीमा कुनै किसिमको ढिलाई नगर्न चेतावनी दिएका हुन् । तयारीको अवलोकन गर्ने क्रममा उनले अहिले तयारी राम्रो रहेको भएपनि आउँदा दिनमा हुन सक्ने कुनै किसिमको ढिलासुस्ती आफूलाई स्वीकार्य नहुने बताए ।

अहिलेसम्मको काम सन्तोषजनक रहेको भएपनि आउँदा दिनमा ढिलासुस्ती हुन सक्ने देखिएको भन्दै राष्ट्रपति पुटिनले विश्वकप फुटबलको तयारीमा जुटेका रुसी खेल पदाधिकारीलाई सचेत रहन निर्देशन दिए । विश्वकपको तयारीको समय अन्तिम चरणमा पुगेकाले अहिले कसैले पनि आराम गर्न नहुने र ध्यान अरु कुरामा नभइ तयारीमै लगाउनु पर्ने उनको जोड थियो ।

रुसले यो वर्षको जुनमा विश्वकपको तयारी स्वरुप फिफा कन्फेडेरेशन कप फुटबलको आयोजना गरेको थियो । सो प्रतियोगिता भव्यसँग सम्पन्न भएकाले विश्वकप पनि आकर्षक हुने अपेक्षा गरिएको रुसी खेल पदाधिकारीले बताएका छन् । रुसमा आउँदो वर्षको जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटबल हुँदैछ । रुसले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता देशका विभिन्न ११ शहरमा १२ रंगशाला तयार पारिदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV