१८ आश्विन २०७४, बुधबार

काठमाडौँ । गैह्र आवासिय नेपाली संघ एनआरएन आइसीसीको आसन्न महाधिवेशनमा आईसिसी मध्य पुर्व उपसंयोजकमा युएईबाट गोपाल कँडेलले उमेदवारी दिएका छन् । डेढ दशकदेखि युएईमा कार्यरत कँडेल (२०११ – २०१३) को कार्यकालमा एनसीसी सचीव, (२०१३ – २०१५) मा महासचिव हुँदै (२०१५ – २०१७) मा आईसीसी सदस्यको जिम्मेवारी सम्हालीसकेका छन् ।

एनआरएनए पुनःनिर्माणको सच्चा साझेदार, “मध्यपूर्वको चाहना श्रमिक मैत्री एनआरएनको परिकल्पना” भन्ने नारा बोकेर चुनावी मैदानमा उत्रिएका कँडेलले आँफु निर्वाचित भएमा प्रवासी नेपाली श्रमिकको हितमा योजनाबद्व रुपमा प्रभावकारी काम गर्ने बताएका छन् । कँडेल भन्छन्, “ बैदेशिक रोजगारीमा आएका सबै मजदुर नै भएकाले एनआरएनलाई प्रवासी मजदुर मुखी र तिनको हक, अधिकारको सुरक्षा गर्दै, मजदुर मैत्री एनआरएन बनाउन पहल गर्नेछु ।”

कँडेलले मध्यपुर्वका देशहरुमा नेपालीबाट नेपाली माथि नै हुने दलाल प्रवृतीलाई निरुत्साहीत गर्ने पहिलो प्राथमीकता भएको बताएका छन्। मध्यपुर्वका नेपालीहरुका लागी ‘हजारे अभियान’ सुरक्षित भविष्यको सम्भाबना भएको हुदाँ यस महान अभियानको तर्जुमाका लागि पहलगर्दै कार्यन्वयन पक्षलाई छरितो बनाउनको लागि नेपाल सरकार र एनआएरन भित्रै दबाब सिर्जना गर्ने उनले बताए ।

साथै मध्यपुर्वका एनआरएन एनसीसीसंग समन्वयगर्दै प्रचार-प्रसार एवं विविध प्रकृतिका कार्यक्रमको तर्जुमा गर्न नेपाल पर्यटन बोर्डसंग समबन्ध सेतु स्थापित गर्ने घोषणा समेत उनले गरेका छन् ।

कँडेलले युएइमा पत्रकार सम्मेलन गर्दै आफ्नो उमेदवारी घोषणा गरेका थिए । बागलुङको काँठेखोला गाँउपालीका ६ लामखुमका कँडेल सन २००४ देखी रोजगारीको क्रममा यूएईमा रहेका छन् । कँडेल बाग्लुङ सेवा समाज युएईको संस्थापक अध्यक्ष समेत हुन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV