
असोज १८,२०७४
बलिउड चर्चित गायक उदीत नारायण पुत्र आदित्य नारायणले विमानस्थलमा शुरक्षाकर्मि सँग गरेको दुब्र्यवहार र गालीगलौजको एक घटना सार्बजनीक भएको छ ।
खवर अनुसार एअरलाईन्सले तोकेको निर्धारीत वजन भन्दा बढि सामान लैजान खोज्दा विमानस्थल शुरक्षा अफिसरले रोकेका थिए र बढी वजनको एक्सट्रा चार्ज लाग्ने कुरामा आदित्य जंगिदै थिए साथै शुरक्षाकर्मी सँग भनाभन र अभद्र व्यवहार गरेका भिडियो सार्बजनीक भए पछि उनी विवादमा आएका छन् ।
उक्त घटना भारतको रायपुर विमानस्थलमा भएको थियो ।
भिडियोमा उनले ‘तेरो कट्टु उतारिन भने म पनि आदित्यनारायण होइन,’ कर्मचारीलाई भनेका छन्
आदित्यनारायण सोमबार दिउँसो इन्डिगोको रायपुर मुम्बर्इ उडानमा थिए । विमानमा कुनै एक यात्रीले १५ किलोसम्म सामान निस्शुल्क लैजान पाउनेमा आदित्यनारायणले निर्धारित सीमाभन्दा ४० किलो बढी सामान लैजाँदै थिए । त्यसवापत उनले १३ हजार भारु तिर्नुपर्ने भयो । तर, आदित्यनारायणले सो रकम बुझाउन अस्वीकार गरेपछि इन्डिगोका कर्मचारीसँग भनाभन भयो ।