१८ आश्विन २०७४, बुधबार

 

रसुवा, १८ असोज , गत चार दिनयता मादकपदार्थ सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी सचेत गराएको छ ।

जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार दक्षिणी रसुवाको कालिकास्थानबाट ११ जना र धुन्चेबाट तीनजनालाई मादकपदार्थ सेवन गरेबापत् पक्राउ गरी दशैँको चाडपर्व भएकाले पहिलो पटकलाई सचेत गर्दै रिहा गरिएको छ ।

यस्तै, सार्वजनिक अपराधअन्तर्गत दुईजनालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको बताउँदै प्रहरी प्रमुख थापा क्षेत्रीले जिल्लाको शान्ति सुरक्षा स्थिर रहेको जानकारी दिनुभयो ।

गाउँ समाजमा सुरक्षाका लागि टोलटोलमा प्रहरी गस्ती बढाइएको पनि बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्
LIVE TV