१८ आश्विन २०७४, बुधबार

असोज १८ ,२०७४

रुसी राष्ट्रपति पुटिनले तयारीमा जुटेका कर्मचारीहरुलाई तयारीमा कुनै किसिमको ढिलाई नगर्न चेतावनी दिएका हुन् । तयारीको अवलोकन गर्ने क्रममा उनले अहिले तयारी राम्रो रहेको भएपनि आउँदा दिनमा हुन सक्ने कुनै किसिमको ढिलासुस्ती आफूलाई स्वीकार्य नहुने बताए । रुसमा आउँदो वर्षको जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटबल हुँदैछ । रुसले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता देशका विभिन्न ११ शहरमा १२ रंगशाला तयार पारिदैछ ।

अहिलेसम्मको काम सन्तोषजनक रहेको भएपनि आउँदा दिनमा ढिलासुस्ती हुन सक्ने देखिएको भन्दै राष्ट्रपति पुटिनले विश्वकप फुटबलको तयारीमा जुटेका रुसी खेल पदाधिकारीलाई सचेत रहन निर्देशन दिए । विश्वकपको तयारीको समय अन्तिम चरणमा पुगेकाले अहिले कसैले पनि आराम गर्न नहुने र ध्यान अरु कुरामा नभइ तयारीमै लगाउनु पर्ने उनको जोड थियो । रुसले यो वर्षको जुनमा विश्वकपको तयारी स्वरुप फिफा कन्फेडेरेशन कप फुटबलको आयोजना गरेको थियो । यो प्रतिस्पर्धा राम्रोसँग सम्पन्न भएकाले विश्वकप पनि राम्रो हुने अपेक्षा गरिएको रुसी खेल पदाधिकारीले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV