१८ आश्विन २०७४, बुधबार

असोज,१८ २०७४

चिकित्सक संघसँगको सहमतिपछि सरकारले परिमार्जन सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि विधेयक ल्याउने भएको छ । संशोधन सहितको ऐन तर नियमावली ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय लागि परेको छ ।

सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन र नियमावली परिमार्जन गर्ने भएको छ । यसका लागि संशोधनको मस्यौदा तयार पार्न स्वास्थ्य मन्त्रालयले तयारी थालेको हो । नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयसँग भएको सहमति अनुसार मस्यौदा तयार पारिएको बताइएको छ । मस्यौदा अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई आक्रमणको प्रकृति अनुसार तीन महिनादेखि तीन वर्षसम्म जेल सजाय हुनेछ ।

कानुन मन्त्रालयमा पठाइने मस्यौदा अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण भएमा प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिई २५ दिन भित्र आवश्यक अनुसन्धान गरेर अदालतमा पेश गर्नुपर्ने हुन्छ । उक्त अवधिमा आक्रमणकारी धरौटीमा छुट्न पाउने छैनन् । यसरी अदालतमा पुगेका आक्रमणकारीलाई दुई प्रकारको कारबाही हुनेछ । पहिलो सामान्य हातपात गर्ने तथा सामान्य आक्रमण गर्नेलाई तीन महिनादेखि एक वर्षसम्म जेल हुनेछ । यस्तै ठूलै आक्रमण, तोडफोड गर्ने तथा आगलागी लगायतका घटनामा सलग्नलाई तीन वर्ष जेल र तीन लाख रुपैयाँ जरिवाना हुने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV