१८ आश्विन २०७४, बुधबार

 

कञ्चनपुर, १८ असोज , कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् ।

स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए ।

गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको गाउँपालिका–५ का सदस्य भीमसेन रानाले बताउनुभयो ।

गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा पाएपछि दूध खानेहरु केही मंगलबार उपचारका लागि अस्पताल पुगेका थिए ।
–– (रासस) ः–

प्रतिक्रिया दिनुहोस्
LIVE TV