१८ आश्विन २०७४, बुधबार

असोज १८ ,२०७४

बुधबार विहान काठमाडौंमा भूकम्प गएको छ । काठमाडौंको मनमैजु आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशुस गरिएको थियो ।

भूकम्प मापन केन्द्रले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको जनाएको छ । केन्द्रका अनुसार ७ दशमलव ८ रेक्टर स्केलको यो भूकम्पपछि अहिलेसम्म ४ सय ८६ पटक परकम्प गएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV