१७ आश्विन २०७४, मंगलवार

मोरङ । ५ दिने चिकित्सकको आन्दोलन र दशैंको लामो विदापछि खुलेको मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा अझै चिकित्सकहरु काममा फर्किएका छैनन् । चिकित्सकहरु काममा नजाँदा विरामीहरु उपचार नै नगरि फर्किन बाध्य बनेका छन् ।

अस्पतालमा २ बजेसम्म खोल्ने गरिएको बहिरंग सेवाका लागि आएका विरामीहरु घण्टौ कुर्दा समेत चिकित्सक नआए पछि घर फर्किएका थिए । चिकित्सकको आन्दोलनका कारण दशैं विदा अगाडिका ५ दिन पनि अस्पतालको बहिरंग सेवा बन्द भएकाले ११ दिन पछि सरकारी अस्पताल खुलेको थियो । कोशी अञ्चल अस्पतालमा दैनिक करिब १ हजार २ सय विरामीहरु उपचारका लागि बहिरंग सेवामा आउने गर्दछन् ।

करिब ७० जना चिकित्सकहरु रहेको सो अस्पतालमा मंगलबार २० जना मात्र चिकित्सक आएको कोशी अंचल अस्पतालका प्रशासन प्रमुख नवराज लुइटेलले बताउनुभयो । चिकित्सकहरुले हालै मात्र सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गर्दै आन्दोलन गरेकोमा आफै गैरजिम्मेवार बनेर असुरक्षाको स्थिति सिर्जना गरेकोमा भने नेपाल चिकित्सक संघ चुप लागेर बसेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV