१७ आश्विन २०७४, मंगलवार
फाइल तस्विर

म्याग्दी । बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । म्याग्दी रघुगंगा गाउँपालिका वडा नम्बर १ बेगखोलामा बर्षासंगै नदीको बाहव बढेपछि आवतजावत बन्द भएको छ ।

बेगखोलामा आएको बाढीले सोमबार साँझ एउटा ट्याक्सी बगाएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट बेनी तर्फ आइरहेको ध१ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले बताउनुभयो ।

उहाँका अनुसार खोला पार गर्ने क्रममा बाढीले ट्याक्सी बगाएको हो । खोलामा ट्याक्सी फसेपछि चालक र यात्रुहरू बाहिर निस्किएकाले मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ ।

ट्याक्सी करिव १ सय ५० मिटर तल नदीको विचमा देखिए पनि बाहिर निकाल्न समस्या भइरहेको छ । विदामा उत्तरी म्याग्दी हुदै मुस्ताङको भ्रमणमा निस्किएका सयौं यात्रु अलपत्र परेका छन् । मंगलबार विहानै बेनी हुँदै निजी र भाडाका सवारीसाधनमा मुस्ताङ लागेका यात्रुहरु अलपत्र अवस्थामा छन् । सडक मर्मतको कार्य भइरहेको सडक डिभिजन कार्यालयलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV